Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

न्यून व्यान्डविथ Invert Color A- A A+

सूचना ।

15 दिन अगाडी

2079-08-01


2022_11_17_001.jpg तस्बिर :

सूचना !     

 

वि.सं. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मिति २०७९ मंसिर १ गते राती १२:०० बजेदेखि मौन अवधि (स्थिर समय) लागू हुने हुँदा सो अवधिमा देहाय अनुसार गर्नु, गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

  1. मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्याशाला, गोष्ठी आदि नगर्नु, नगराउनु हुन ।
  2. मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलहरुको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनु हुन ।
  3. कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार नगर्नु, नगराउनु हुन ।
  4. सामाजिक सञ्जाल, अनलाइन छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना वा प्रचारप्रसाका सामग्री पोस्ट वा शेयर नगर्नु, नगराउनु हुन ।
  5. कसैले पनि मतदातालाई प्रभाव पार्न धाक धम्की, डरत्रास, लोभ लालच वा आर्थिक प्रलोभन देखाउन नहुने भएकोले निर्वाचनलाई प्रभाव पार्न नगद वा जिन्सी प्रदान नगर्ने तथा कुनै पनि प्रकारको भोज भतेर आयोजना नगर्ने र सोमा सहभागी नहुनु हुन ।
  6. मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा, अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने, प्रशारण वा सम्प्रेषण गर्न नहुने हुँदा सो को पालना गर्नु हुन ।
  7. होटल तथा रेष्टुरेन्टहरु रातको ८:०० बजे पश्चात सञ्चालन नगर्नु, नगराउनु हुन ।
  8. अत्यावश्यक कार्यमा बाहेक रातमा अनावश्यक हिंडडुल, सामूहिक भेटघाट नगर्नु, नगराउन हुन ।
  9. निर्वाचन आचारसंहिता विपरित कुनै पनि कार्य नगर्न, नगराउनु हुन ।
  10. निर्वाचन सम्पन्न गर्न जिल्लाभित्र शान्ति सुरक्षाको प्रभावकारी र भरपर्दो व्यवस्था मिलाईएको हुँदा मतदाताले भयमुक्त भई कसैको अनुचित प्रभावमा नपरी आफ्नो मताधिकारको प्रयोग गर्न हुन ।

 

मितिः २०७९/०८/०१

 

(रमेश न्यौपाने)

प्रमुख जिल्ला अधिकारी

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2078-06-10 08:06:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Powered By: ProActive Developers