Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

कमलामाई नगरपालिका-६, माढीबजार

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

कमलामाई नगरपालिका-६, माढीबजार

सार्वजनिक सुनुवाइ हुने सम्बन्धी जानकारी

24 दिन अगाडी

2077-10-26


सार्वजनिक सुनुवाइ हुने सम्बन्धी जानकारी (मिति २०७७।१०।२६)
-----------------------------------------------------------

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको काम, कारबाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन र सर्वसाधारण तथा सरोकारवालाको कानूनसम्मत सरोकारलाई सम्बोधन गर्न देहायको मिति समय र स्थानमा सार्वजनिक सुनुवाई गर्न लागिएको छ ।
मितिः २०७७ माघ २९ गते विहिवार
स्थानः जिल्ला प्रशासन कार्यालय सिन्धुलीको परिसर
समयः दिनको ३:३० वजे
यस कार्यालयको सेवा प्रवाहको अवस्था, गुणस्तर,भावी सुधार र सुझाव लगायतका विषयमा सर्वसाधारणले आफ्नो प्रश्न सुझाव वा सरोकार यसै पोष्टको कमेन्टमा लेख्न सक्नुहुन्छ । यहाँहरुबाट प्राप्त हुने प्रश्नलाई कार्यक्रमको दौरान सम्बोधन गरिनेछ ।
आफ्ना प्रश्नलाई कार्यालयको email: cdosindhuli@gmail.com फोन नं 047-520610 वा फेसवुक पेज मार्फत समेत पठाउन सकिन्छ । कार्यक्रमकै दौरान लिखित वा मौखिक रुपमा समेत प्रश्न राख्न सकिने छ ।
राजनीतिक दल सम्बद्ध व्यक्तित्वहरु, स्थानीय जनप्रतिनिधिहरु, पत्रकार संचारकर्मी, कार्यालय प्रमुखहरु, नागरिक अगुवा, सेवाग्राही र सर्वसाधारणहरुलाई यस कार्यक्रममा सक्रियरुपमा सहभागी हुनुहुन हार्दिक अनुरोध छ ।
सार्वजनिक सुनुवाइले यस कार्यालयको सेवा प्रवाहको अवस्था र गर्नुपर्ने सुधारको वारेमा पृष्ठपोषण प्राप्त हुने विश्वास लिइएको छ ।
आजै देखि कार्यालयको सेवाका वारेमा यस फारमबाट सेवाग्राहीको पृष्टपोषण लिन थालिएको छ । सवै सेवाग्राहीले सेवा लिइसकेपछी सेवाको वारेमा फारम shorturl.at/xLMQ2 भरी बुझाइदिनहुन अनुरोध छ । फारम कार्यालयमा नै उपलब्ध रहेको छ ।