Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sindhuli

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sindhuli

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

NID 2077-06-11

राष्ट्रिय परिचयपत्र 

राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । 
राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०७५ बमोजिम जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा समेत राष्ट्रिय परिचय पत्र वितरणका लागि नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्य सञ्चालन भइरहेको छ ।
 
 

 

परिचयपत्रमा समावेश हुने विवरणहरु

  • व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नो नाम, बाजेको नाम)
  • औंला-छाप (१० वटा औंला)
  • आखाँको नानि (Iris) [प्रस्तावित]
  • परिचय नम्बर
  • फोटो
  • राष्ट्रियता
  • हस्ताक्षर
  • चिप्स

राष्ट्रिय परिचयपत्र पाउनका लागि योग्यता र पेश गर्नुपर्ने कागजात  

  • नेपाली नागरिकताको प्रमाण- पत्र लिएको ।

  • नागरिकताको सक्कल सहित प्रतिलिपि लिई स्वंयम उपस्थित हुनुपर्ने ।

राष्ट्रिय परिचयपत्रबाट नेपाली नागरिकलाई हुने फाइदा
     राष्ट्रिय परिचयपत्रलाई नागरिकहरूले निम्न प्रयोजनका लागि उपयोग गर्न सक्नेछन् -
  •  ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा ।
  •  मतदाता परिचयपत्रको रूपमा ।
  • सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा ।
  •  सामाजिक सुरक्षा कार्डका रूपमा ।
  • सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा ।
  • अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्ने सम्भव हुन्छ ।

राष्ट्रिय परिचयपत्र कहाँबाट वितरण गरिन्छ ?

सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट वितरण गरिन्छ । 


जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?

राष्ट्रिय परिचयपत्रको सन्दर्भमा जैविक पहिचान भन्नाले व्यक्तिको फोटो र दश औंलाको छाप (Finger Print) भन्ने वुझिन्छ । वैयक्तिक पहिचान अन्तर्गत व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरू पर्दछन् । 

चिप्स भनेको के हो र किन प्रयोग गरिन्छ ?

राष्ट्रिय परिचयपत्रको पृष्ठ भागमा राखिएको तथ्यांक सुरक्षित राख्ने विधुतिय साधन चिप्स हो । चिप्समा विभिन्‍न प्रकृतिका विवरण र तथ्यांकलाई पर्याप्त परिमाणमा संग्रह गरेर राख्न मिल्छ । यसमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विवरणको अतिरिक्त अन्य विवरणहरु जस्तै PAN, सवारी चालक अनुमतिपत्र (Driving license), गरीव परिचयपत्र सेमत राख्न सकिन्छ । 

राष्ट्रिय परिचयपत्रमा रहने व्यक्तिगत विवरणहरूको गोपनीयता कसरी सुनिश्चित गरिएको हुन्छ ?

आवश्यक परेको अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नो विवरण उपयोग गर्न सक्दछ तर विभिन्न निकायले कानूनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्ने गरी गोपनियता सुनिश्चित गरिएको हुन्छ ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा रहेको विवरण कसले कुन प्रयोजनको लागि हेर्यो, सोको अभिलेखीकरण समेत प्रणालीले गर्ने व्यवस्था रहेको छ । 


राष्ट्रिय परिचयपत्र हराएमा कसरी प्रतिलिपि लिन सकिन्छ ?

राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा वा झुत्रो भई काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित तोकिए बमोजिम स्थानीय निकायबाट सिफारिस गराई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत विभाग समक्ष निवेदन दिएमा अभिलेख रूजु गरी प्रतिलिपीको रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराइन्छ ।  

राष्ट्रिय परिचयपत्र लागु भएपछि नागरिकता प्रमाण पत्रको प्रयोग कसरी गरिन्छ ?

नेपाली नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणाली दुवै संवैधानिक व्यवस्था भएकोले प्रचलित कानून अनुसार दुवैको उपयोग हुन्छ । हाल कानून अनुसार जारी गरिएका पहिचान कार्डहरु सम्बन्धित कानून अनुसार प्रयोग तथा उपयोग हुन सक्दछन् ।
 
 
 
 
 
 


Last Updated : 2083-02-29 09:15:50

© All Rights Reserved to District Administration Office, Sindhuli .