जिल्ला प्रशासन कार्यलय सिन्धुलीमा जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र (DEOC) सञ्चालनमा रहेको छ । केन्द्रले राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र सँग सम्पर्क तथा समन्वय गर्दछ । यस केन्द्र जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा सञ्चालन भएको छ ।
विपद प्रतिकार्य तथा मानवीय सम्बन्धी सबै कार्यमा राष्ट्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र, केन्द्रिय विपद् व्यवस्थापन उद्धार समिति र गृह मन्त्रालयको निर्णयहरुलाई अवगत गर्दे खोज उद्धार तथा मानविय सहायताको नेतृत्वमा समन्वय गर्नै र जिल्लामा भएका विपद्का घटनाहरुको सुचना सकंलन विश्लेषण गरि जिल्ला स्थित सरोकारवालाहरु क्षेत्र र केन्द्रलाई उपलब्ध गराउने प्रमुख जिम्मेवारी यस केन्द्रले गर्दै आएको छ ।
सिन्धुली जिल्ला बाढी, पहिरो, आगलागी, महामारी, खडेरी, चट्याङ जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा मानव निर्मित प्रकोप तथा भुकम्प जस्ता कहिले काहिँ जाने र ठुलो मात्रामा जनधनको क्षति हुने प्रकोपको जोखिममै रहेको छ । यस्ता सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित निकायहरु र साझेदार संस्थाहरुले प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि जिल्लास्तरमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले समन्वय गरि कार्य गरिएको छ ।
सम्पर्क नम्वर ०४७–५२१३०९
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली
Powered By: ProActive Developers