स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाबाट सम्पादन हुने कार्यहरु
१. नेपाली नागरिकका १६ वर्ष उमेर नपुगेका सन्तानलाई नावालक परिचय पत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।
२. कर्मचारीहरुको अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने ।
३. कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनसम्बन्धी कार्यको व्यवस्थापन गर्ने ।
४. प्रचलित कानूनबमोजिम दुबै नाम,थर भएको व्यक्ति एकै व्यक्ति भएको व्यहोरा प्रमाणित गर्ने ।
५. कर्मचारीहरुको नियुक्ति, पदस्थापन तथा सिफारिशसम्बन्धी कार्यको व्यवस्थापन गर्ने ।
६. प्रक्रिया पूरा भई आएका निवेदनउपर प्रचलित कानूनबमोजिम सिफारिश गर्ने ।
७. दलित, जनजाति तथा मधेशी प्रमाणितका लागि सम्बन्धित निकायबाट सिफारिश भई आएमा सो को प्रमाणित गर्ने ।
८. शान्ति सुरक्षासम्बन्धी विषयहरुमा आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।
९. सुरक्षा निकाय, अदालत, संवैधानिक निकायहरु बाहेक सबै सरकारी तथा अर्ध– सरकारी कार्यालयहरुको निरीक्षण, अनुगमन, र नियमनसम्बन्धी कार्य गर्ने ।
१०. संस्था दर्ता ऐन, २०३४बमोजिम रीत पुगेका निवेदनउपर प्रारम्भिक कारवाही गरी संस्था दर्ता, नविकरण, विधान प्रमाणितसम्बन्धी कार्य गर्ने ।
११. बजार अनुगमन, आपुर्ति व्यवस्था र अत्यावश्यक सेवा सञ्चालन सम्बन्धमा आवश्यक सहयोग गर्ने
१२. संस्था दर्ता ऐन, २०३४बमोजिम दर्ता भएका संघ संस्थाहरुको अनुगमन गर्ने ।
१३. विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
१४. कार्यालयका अन्य भैपरी आउने कार्यहरु गर्ने गराउने।
१५ कर्मचारी प्रशासनसँग सम्बन्धित अन्य विविध कार्यहरु गर्ने ।
नागरिकता तथा प्रतिलिपि शाखाबाट सम्पादन हुने कार्यहरु
१. नेपाली नागरिकका १६ वर्ष उमेर पूरा भएका सन्तानलाई प्रचलित कानून निर्देशिकाबमोजिम नेपाली नागरिकताको प्रमाणपत्रका लागि प्रमाण हेरी सनाखत गराई नेपाली नागरिकताको प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने ।
२. वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्रका लागि प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिकाबमोजिम निर्णयार्थ पेश गर्ने र निर्णयपश्चात वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने ।
३. नेपाली नागरिकताको प्रमाणपत्रमा थर परिवर्तन, पतिको नाम,थर परिवर्तन र संशोधन गर्न प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिकाबमोजिम निर्णयका लागि पेश गर्ने र निर्णयपश्चात नेपाली नागरिकता प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने ।
४. यस जिल्लाबाट नागरिकता जारी भएको व्यक्तिले सम्बन्धित वडा अध्यक्षको सिफारिशसहित नेपाली नागरिकताको प्रतिलिपिका लागि निवेदन दिएमा प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिकाबमोजिम नागरिकताको प्रतिलिपि तयारी, व्यवस्थापन र वितरण गर्ने ।
५. तालुक निकाय वा अन्य निकाय÷कार्यालयबाट नागरिकतासम्बन्धी विषयमा सोधनी भएकोमा सो को जवाफ पठाउने ।
६. नागरिकतासम्बन्धी अभिलेख खोजेका बखत उपलब्ध हुने गरी व्यवस्थित रुपमा राख्ने ।
७. यस जिल्लाबाट जारी भएका नेपाली नागरिकता प्रमाणपत्रको सम्बन्धमा अन्यत्रबाट अभिलेख माग भई आएमा सो अभिलेख उपलब्ध गराउने र अन्य जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र जारी भई यस जिल्लामा बसाईं सरी आएको नेपाली नागरिकले सम्बन्धित वडा अक्ष्यक्षको सिफारिशसहित नेपाली नागरिकता प्रतिलिपिका लागि निवेदन दिएमा प्रचलित कानूनबमोजिम सम्बन्धित जिल्लाबाट अभिलेख माग गर्ने ।
८. नागरिकतासम्बन्धी अभिलेख व्यवस्थापन, प्रविष्टी तथा अद्यावधिक गर्ने ।
९. नागरिकतासँग सम्बन्धित अन्य विविध कार्यहरु गर्ने।
मुद्दा तथा हातहतियार शाखाबाट सम्पादन हुने कार्यहरु
१. प्रचलित कानूनबमोजिम दायर हुन आएका मुद्दाहरुमा प्रतिवादीलाई बयान गराई कानूनबमोजिम पुर्पक्षका लागि पेश गर्ने ।
२. मुद्दाको मिसिल तथा तत्सम्बन्धी अभिलेख व्यवस्थित र सुरक्षित तवरले राख्ने ।
३. पुनरावेदन भएका मुद्दाको सम्बन्धमा सम्बन्धित अदालतबाट मिसिल, तायदातीलगायतका अन्य कुनै कागजातहरु माग भई आएमा सो विवरण तथा कागजात तयार गरी पठाउने ।
४. यस कार्यालयबाट भए–गरेका फैसलाको नक्कलप्रति जिल्ला सरकारी वकिल कार्यालयमा पठाउने ।
५. मुद्दाका प्रतिवादीलाई प्रचलित कानून र आदेशबमोजिम तारेख दिने ।
६. मुद्दामा भएमा फैसला तथा आदेशबमोजिम कार्यान्वयन गर्न आवश्यक कार्य गर्ने ।
७. प्रचलित कानूनबमोजिम हातहतियार इजाजत पत्र नविकरणसम्बन्धी कार्य गर्ने ।
८. इजाजत प्राप्त हातहतियारको अभिलेख व्यवस्थित, अद्यावधिक र सुरक्षित राख्ने ।
९. व्यक्ति वा संस्थाले हातहतियार राख्ने प्रयोजनका लागि सम्बन्धित निकायको सिफारिश पत्र र आवश्यक कागजात संलग्न राखी यस कार्यालयमा निवेदन पेश गरेमा सुरक्षा संवेदनशीलता, औचित्यता र कागजी प्रमाणलाई आधार मानी प्रचलित कानूनबमोजिम जिल्ला सुरक्षा समितिको निर्णयसहित सम्बन्धित निकायमा सिफारिश पठाउने ।
१०. तालुक निकाय वा सम्बन्धित निकायबाट हातहतियारसम्बन्धी विवरण माग भई आएमा सो विवरण उपलब्ध गराउने ।
११. प्रचलित कानूनबमोजिम हातहतियारको अभिलेख हेरी लगत कट्टा गर्ने ।
१२. मुद्दासँग सम्बन्धित अन्य विविध कार्यहरु गर्ने ।
राहदानी तथा जिन्सी दर्ता शाखाबाट सम्पादन हुने कार्यहरु
१. राहदानी ऐन, नियम र नीति निर्देशनबमोजिम साधारण राहदानी सिफारिश तथा वितरण र द्रुत सेवा सिफारिशसम्बन्धी कार्य गर्ने ।
२. राहदानीका लागि नागरिकताको आवश्यक अभिलेखहरु माग गर्ने र पठाउने ।
३. राहदानी छपाई गर्न राहदानी विभागमा लैजाने तथा छपाई भएका राहदानीहरु सुरक्षितसाथ ल्याउने कार्यमा सहयोग गर्ने र वितरण गर्ने ।
४. राहदानी र राहदानीसँग सम्बन्धित विषयहरुमा सेवाग्राहीलाई परामर्श दिने ।
५. कार्यालयको जिन्सी सामानको व्यवस्थापन, भण्डारण र संरक्षण गर्ने ।
६. कार्यालयबाट खरिद भएका र अन्यत्रबाट हस्तान्तरण भई आएका जिन्सी सामानहरुको प्रचलित कानूनबमोजिम दाखिला गरी जिन्सी किताबमा आम्दानी बाँध्ने ।
७. बेकम्मा भएका र मर्मत हुन नसक्ने खालका खर्च भएर नजाने जिन्सी सामानहरुलाई कानूनबमोजिम लिलाम विक्रिको प्रक्रिया अघि बढाउने ।
८. राहदानी तथा जिन्सीसँग सम्बन्धित अन्य विविध कार्यहरु गर्ने ।
गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखाबाट सम्पादन हुने कार्यहरु
१. कार्यालयमा आएका सेवाग्राहीको गुनासो सुनुवाइ गर्ने ।
२. गुनासोको अभिलेख व्यवस्थापन गर्ने ।
३. कार्यालयको गुनासो व्यवस्थापनका लागि हेल्प डेस्कमार्फत परामर्श दिने ।
४. कार्यालयको सूचना अधिकारी र लैंगिक सम्पर्क व्यक्तिमार्फत गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाउने।
आर्थिक प्रशासन शाखाबाट सम्पादन हुने कार्यहरु
१. राजस्व, विनियोजन, धरौटीको आम्दानी, खर्चको श्रेस्ता राख्ने र सो को खर्चको फाँटबारी सम्बन्धित निकायमा पठाउने ।
२. कार्यालयका तलव, भत्तालगायतका आर्थिक दायित्वहरु भुक्तानी दिने ।
३. कार्यालयको लेखापरीक्षण गराउने ।
३. लेखा परीक्षणबाट औंल्याइएका बेरुजु रकम असुलउपर गरी बेरुजु रकम फछ्र्यौट गर्ने– गराउने र बेरुजु फछ्र्यौटको लागि सम्बन्धित निकाय वा कर्मचारीले प्रमाण पेश गरेमा सम्परीक्षण गराउने ।
४. तलवी प्रतिवेदन, बजेट सिट र वार्षिक आर्थिक विवरण तयार पार्ने ।
५. भुक्तानी आदेश तयार पारी सम्बन्धित निकायमा पेश गर्ने।
६. द्वन्दपीडित, बाढीपीडित, आगलागीपीडित र वैदेशिक रोजगारमा मुत्यु हुने व्यक्तिको कानूनी हकदारलाई नियमानुसार राहत तथा क्षतिपूर्ती उपलब्ध गराउने ।
७. विपद् घटेका घटनाहरुमा प्रचलित कानून र निर्देशिकाबमोजिम राहत तथा क्षतिपुर्ति वितरणका लागि पेश गर्ने ।
८. आर्थिक प्रशासनसँग सम्बन्धित अन्य विविध कार्यहरु गर्ने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली
Powered By: ProActive Developers