सिन्धुली जिल्ला भौगोलिक हिसावले पहाडी प्रदेशमा पर्दछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार यसलाई भित्री मधेशको जिल्ला अन्तर्गत राखिएको छ । यस जिल्लाको उत्तरी भागमा पश्चिमबाट पूर्वतिर बगेको सुनकोशी नदी, मध्यभागमा महाभारत श्रृङ्खला र सदरमुकामभन्दा पश्चिमतर्फ बगेको मरिनखोला र दक्षिणपूर्व हुँदै बगेको कमला नदी पर्दछ भने दक्षिणमा चुरे क्षेत्रले तराईका विभिन्न जिल्लाहरुसँग सिमाना छुट्याएको छ । पानीको स्रोतको लागि उपयुक्त भए पनि भिरालो भौगोलिक अवस्था तथा चुरे क्षेत्र भएकोले यहाँका खोला नालाहरु विपद्को हिसावमा बाढी तथा पहिरोजन्य प्रकोपको अति संकटोन्मुख क्षेत्रभित्र पर्दछ । जिल्लामा विपदका घटनाहरु बारम्बार भइरहेको देखिन्छ । विपदको समयमा निश्चय पनि प्रभावित व्यक्ति तथा समूदायलाई सहयोगको आवश्यकता पर्दछ र सहयोग कार्यलाई जति सक्दो छिटो र छरितो गराउनु पर्दछ जसले गर्दा थप क्षति हुनबाट बचाउन सक्दछ ।
जिल्ला विपद व्यवस्थापन समितिले आपतकालीन अवस्थामा प्रयोग गर्ने सामाग्री खरिद गरी तयारी अवस्थामा राखेको छ । उक्त सामाग्रीहरुको प्रयोगसमेत गरी पहिरोको उच्च जोखिममा रहेको कुशेश्वर दुम्जाका एक समुदायलाई खतरामुक्त गरिएको छ । साथै जिल्लामा आपतकालीन प्रतिकार्य केन्द्रको स्थापना गरी पूर्व चेतावनी तथा सूचना प्रवाहको प्रयास थालिएको छ ।
मिति | विपद् व्यवस्थापन विवरण | फाईलहरु | एक्सन |
---|---|---|---|
2077-05-25 |
सिन्धुली जिल्लाको विपद् व्यवस्थापन सम्बन्धी आर्थिक बर्ष २०७६।७७ को बार्षिक प्रतिवेदन
2077-05-25 |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली
Powered By: ProActive Developers