सेवाग्राहीहरुमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रतिवद्धता र अनुरोध
१. आफ्नो काम वा समस्या आफै निर्धक्कसाथ कार्यालयमा राख्नुहोस् । जिल्ला प्रशासन कार्यालय सिन्धुली यहाँहरुकै सेवाका लागि स्थापना भएको कार्यालय हो । हामी कानूनबमोजिम तपाईको सेवा गर्न हरदम क्रियाशील रहेका छौं ।
२. कार्यालयले प्रदान गर्ने सेवाका वारेमा नागरिक बडापत्रमा सबै कामको विवरण छ । नागरिक बडापत्र कार्यालयको वेभसाइट तथा कार्यालय परिसरमा राखिएको छ ।
३. कार्यरत सवै कर्मचारीहरुको मोवाइल नम्वर सहित फोटो सहितको विवरण वेभसाइटमा छ, आफ्ना समस्या वा जिज्ञासाका सन्दर्भमा कार्यालय समयमा सम्पर्क गर्न सक्नुहुन्छ ।
४. हामी सबै नागरिकलाई विना भेदभाव पहिले आउनेलाई पहिले सेवा दिने गरी सेवा उपलब्ध गराउछौ । आफ्नो पालो पर्खेर सेवा लिनुहुन अनुरोध गर्दछौं ।
५. हामी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बालबालिकाका लागि प्राथमिकताका साथ सेवा उपलब्ध गराउन तत्पर छौं । सेवाग्राहीले समेत यस्ता व्यक्तिहरुलाई आवश्यक सवै सहयोग गरिदिनुहुनेछ भन्न विश्वास लिएका छौं ।
६. यस कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन । तिरेको सवै शुल्क बापत अनिवार्य रुपमा बिल वा रसीद दिइन्छ ।
७. कानून बमोजिम यस कार्यालयले गर्नु पर्ने कामका लागि आवश्यक कागजात र प्रमाणहरु अनुसार प्रकृया पुरा गर्नु पर्छ । कोही कसैलाई भनसुन गराउन वा सोर्स लगाउन जरूरी छैन ।
८. यस कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी काम मिलाई वा गरी दिन्छु भन्ने कुनै व्यक्तिको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेमा कार्यालयमा जानकारी दिनुहोस ।
९. कर्मचारीले कुनै काम अनावश्यक रुपमा ढिला गरिदिएमा वा अन्य कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरौं ।
१०. कार्यालयको वेवसाइटमा हाम्रा सूचनाहरु तथा अन्य जानकारीमूलक सामग्रीहरु छन् । यसका साथै सेवा लिन आवश्यक पर्ने फारमहरु समेत वेभसाइटमा रहेका छन् । डाउनलोड गरी प्रयोग गरौं ।