Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय 2077-05-25

जिल्ला प्रशासन कार्यालय सिन्धुलीकाे स्वरुप र प्रकृति

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार सिन्धुली जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको काम, कर्तव्य र अधिकार :

स्थानीय प्रशासन ऐन, २०२८ लगायत अन्य कानूनी व्यवस्था तथा नियम निर्देशनहरु अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मुख्य मुख्य काम, कर्तव्य र अधिकार  देहाय अनुसार रहेका छन् ।

 

  • जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
  • आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
  • हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण; विस्फोटक पदार्थ सिफारिस र नियमन;
  • विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमण;
  • सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
  • गैरसरकारीसङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
  • स्थानीय प्रशासनको सञ्चालन;
  • नागरिकता वितरण;
  • बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
  • भ्रष्टाचार नियन्त्रण;
  • कार्यालय निरीक्षण तथा अनुगमनस;
  • कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
  • चिठ्ठा, जुवा आदिको नियन्त्रण;
  • सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
  • विपद् व्यवस्थापन;
  • जिल्ला स्तरमा सार्वजनिक उत्सव;
  • मुआब्जा निर्धारण तथा वितरण;
  • पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
  • जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
  • राहदानी वितरण
  • लागू औषध नियन्त्रण र प्रशासन;
  • जिल्ला स्थित कारागारको व्यवस्थापन;
  • जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
  • द्वन्द् प्रभावितको पहिचान तथा राहत वितरण
  • विवाह दर्ता;
  • नाता प्रमाणित;
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
  • जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
  • राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
  • जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग र समन्वय।
  • कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
  • सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने ।
  • जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने । 
  • भारतीय सेनामा कार्य गरी निवृत भएका व्यक्ति तथा तिनीहरुको परिवारको नाम थर उमेर फरक परेको विषयमा शिफारीश लगाएत अन्य शिफारीश सम्बन्धी कार्य गर्ने ।
  • नावालक परिचयपत्र

 

 


पछिल्लो अपडेट गरिएको : 2082-01-30 15:29:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Powered By: ProActive Developers