Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र

2077-05-28

2077-05-28


जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र, सिन्धुली

District Emergency operation Centre, Sindhuli

जिल्ला प्रशासन कार्यलय सिन्धुलीमा  जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र (DEOC) सञ्चालनमा रहेको छ । केन्द्रले राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र सँग सम्पर्क तथा  समन्वय गर्दछ । यस केन्द्र जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा सञ्चालन भएको छ ।

विपद प्रतिकार्य तथा मानवीय सम्बन्धी सबै कार्यमा राष्ट्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र, केन्द्रिय विपद् व्यवस्थापन उद्धार समिति र गृह मन्त्रालयको निर्णयहरुलाई अवगत गर्दे खोज उद्धार तथा मानविय सहायताको नेतृत्वमा समन्वय गर्नै र जिल्लामा भएका विपद्का घटनाहरुको सुचना सकंलन विश्लेषण गरि जिल्ला स्थित सरोकारवालाहरु क्षेत्र र केन्द्रलाई उपलब्ध गराउने प्रमुख जिम्मेवारी यस केन्द्रले गर्दै आएको छ ।

सिन्धुली जिल्ला बाढी, पहिरो, आगलागी, महामारी, खडेरी, चट्याङ जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा मानव निर्मित प्रकोप तथा भुकम्प जस्ता कहिले काहिँ जाने र ठुलो मात्रामा जनधनको क्षति हुने प्रकोपको जोखिममै रहेको छ । यस्ता सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित निकायहरु र साझेदार संस्थाहरुले प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि जिल्लास्तरमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले समन्वय गरि कार्य गरिएको छ ।


समुदायमा घटेका विपद् सम्बन्धि धटनाहरु, पहिरो, भूकम्प, आगलागी, महामारी, खडेरी, चट्याङ्ग तथा सवारी दुर्घटना जस्ता प्रकोप एवं घटनाहरुको बारेमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा जानकारी दिनहुन अनुरोध छ । 

सम्पर्क नम्वर  ०४७–५२१३०९


 

पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:29:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली .