Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विपद् व्यवस्थापन

2077-05-25

2077-05-25


सिन्धुली जिल्ला भौगोलिक हिसावले पहाडी प्रदेशमा पर्दछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार यसलाई भित्री मधेशको जिल्ला अन्तर्गत राखिएको छ । यस जिल्लाको उत्तरी भागमा पश्चिमबाट पूर्वतिर बगेको सुनकोशी नदी, मध्यभागमा महाभारत श्रृङ्खला र सदरमुकामभन्दा पश्चिमतर्फ बगेको मरिनखोला र दक्षिणपूर्व हुँदै बगेको कमला नदी पर्दछ भने दक्षिणमा चुरे क्षेत्रले तराईका विभिन्न जिल्लाहरुसँग सिमाना छुट्याएको छ ।  पानीको स्रोतको लागि उपयुक्त भए पनि भिरालो भौगोलिक अवस्था तथा चुरे क्षेत्र भएकोले यहाँका खोला नालाहरु विपद्को हिसावमा बाढी तथा पहिरोजन्य प्रकोपको अति संकटोन्मुख क्षेत्रभित्र पर्दछ । जिल्लामा विपदका घटनाहरु बारम्बार भइरहेको देखिन्छ । विपदको समयमा निश्चय पनि प्रभावित व्यक्ति तथा समूदायलाई सहयोगको आवश्यकता पर्दछ र सहयोग कार्यलाई जति सक्दो छिटो र छरितो गराउनु पर्दछ जसले गर्दा थप क्षति हुनबाट बचाउन सक्दछ । 
जिल्ला विपद व्यवस्थापन समितिले आपतकालीन अवस्थामा प्रयोग गर्ने सामाग्री खरिद गरी तयारी अवस्थामा राखेको छ । उक्त सामाग्रीहरुको प्रयोगसमेत गरी पहिरोको उच्च जोखिममा रहेको कुशेश्वर दुम्जाका एक समुदायलाई खतरामुक्त गरिएको छ । साथै जिल्लामा आपतकालीन प्रतिकार्य केन्द्रको स्थापना गरी पूर्व चेतावनी तथा सूचना प्रवाहको प्रयास थालिएको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:29:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली .