Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७९/०३/१५ गतेको निर्णय

2079-03-16

2079-03-16


निर्णयहरुः

  1. सिन्धुली जिल्लाको परिमार्जन सहितको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, 2079 पारित गर्ने निर्णय गरियो ।
  2. सबै नगरपालिका/गाउँपालिकाले आ-आफ्नो पालिकाको लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, तयार गरी सोको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिलाई गराउने । आवश्यकता अनुसार सोको तयारीका लागि जिल्ला रेडक्रस सोसाइटीले  सहजिकरण गर्ने ।
  3. सबै पालिकाले विपद् व्यवस्थापन कोषलाई सक्रिय बनाइ सुरक्षा निकाय तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय र सहकार्य गरी विपद् व्यवस्थापनका कार्य प्रभावकारी रुपमा गर्ने व्यवस्था मिलाउने ।
  4. सबै पालिकाले विपद् व्यवस्थापनका लागि Focal Person तोकी नियमित रुपमा बैठक गर्ने र सम्पर्क संजाल बनाइ विपद् व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने ।
  5. विपदबाट प्रभावित व्यक्तिलाई नियमानुसार प्राप्त हुने राहत तथा क्षतिपूर्तिको लागि सप्रमाण प्रहरी मुचुल्का तथा पालिकाको विपद् व्यवस्थापनबाट सिफारिस भई आएमा छिटो छरितो तरिकाले उपलब्ध हुने व्यवस्था मिलाउने ।
  6. मनसुन तथा बाढी पहिरोको समय भएकोले जोखिममा परेका बस्ती, समुदायको पहिचान सम्बन्धित पालिकाले गरी आवश्यकतानुसार सम्बन्धित संस्था, निकाय, विपद् व्यवस्थापनसँग सम्बन्धित सरोकारवालसँग समन्वय र सहयोगको व्यवस्था मिलाउने ।
  7. विपद्जन्य घटनाको कारण धनजनको क्षतिको क्षतिपूर्ति/राहत प्राप्तिका लागि सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन समिति मार्फत सिफारिस गरी पठाउने र चालु आ.व. 2078/079 मा विभिन्‍न घटनामा क्षति भएका घर परिवारलाई वितरण गरिएको रकम समेत अनुमोदन गर्ने ।
  8. गृह मन्त्रालयबाट प्राप्त मिति २०७९/०३/१४ चलानी नं. ३५८ को पत्र सम्बन्धमा छलफल गरी मनसुनजन्य कारणबाट हुनसक्ने जोखिम विश्लेषण गरी पूर्व तयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरियो । विपद्का बखत उपयोग गर्न सकिने गरी सबै पालिकाले आपतकालिन आश्रयस्थलको पहिचान र अध्यावधिक गर्ने ।

विपद् व्यवस्थापन समितिको निर्णयहरु


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:29:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली .