Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको प्रतिबद्धता र सेवाग्राहीमा अनुरोध

2077-06-12

2077-06-12


सेवाग्राहीहरुमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रतिवद्धता र अनुरोध

१. आफ्नो काम वा समस्या आफै निर्धक्कसाथ कार्यालयमा राख्नुहोस् । जिल्ला प्रशासन कार्यालय सिन्धुली यहाँहरुकै सेवाका लागि स्थापना भएको कार्यालय हो । हामी कानूनबमोजिम तपाईको सेवा गर्न हरदम क्रियाशील रहेका छौं ।

२. कार्यालयले प्रदान गर्ने सेवाका वारेमा नागरिक बडापत्रमा सबै कामको विवरण छ । नागरिक बडापत्र कार्यालयको वेभसाइट तथा कार्यालय परिसरमा राखिएको छ । 

३. कार्यरत सवै कर्मचारीहरुको मोवाइल नम्वर सहित फोटो सहितको विवरण वेभसाइटमा छ, आफ्ना समस्या वा जिज्ञासाका सन्दर्भमा कार्यालय समयमा सम्पर्क गर्न सक्नुहुन्छ । 

४. हामी सबै नागरिकलाई विना भेदभाव पहिले आउनेलाई पहिले सेवा दिने गरी सेवा उपलब्ध गराउछौ । आफ्नो पालो पर्खेर सेवा लिनुहुन अनुरोध गर्दछौं । 

५. हामी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बालबालिकाका लागि प्राथमिकताका साथ सेवा उपलब्ध गराउन तत्पर छौं । सेवाग्राहीले समेत यस्ता व्यक्तिहरुलाई आवश्यक सवै सहयोग गरिदिनुहुनेछ भन्न विश्वास लिएका छौं । 

६. यस कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन । तिरेको सवै शुल्क बापत अनिवार्य रुपमा बिल वा रसीद दिइन्छ । 

७. कानून बमोजिम यस कार्यालयले गर्नु पर्ने कामका लागि आवश्यक कागजात र प्रमाणहरु अनुसार प्रकृया पुरा गर्नु पर्छ । कोही कसैलाई भनसुन गराउन वा सोर्स लगाउन जरूरी छैन । 

८. यस कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी काम मिलाई वा गरी दिन्छु भन्ने कुनै व्यक्तिको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेमा कार्यालयमा जानकारी दिनुहोस ।

९. कर्मचारीले कुनै काम अनावश्यक रुपमा ढिला गरिदिएमा वा अन्य कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरौं । 

१०. कार्यालयको वेवसाइटमा हाम्रा सूचनाहरु तथा अन्य जानकारीमूलक सामग्रीहरु छन्  । यसका साथै सेवा लिन आवश्यक पर्ने फारमहरु समेत वेभसाइटमा रहेका छन् । डाउनलोड गरी प्रयोग गरौं । 

११. हामी सदैव तपाईको राय सुझावको अपेक्षा गर्दछौ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:29:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली .